Hamro KhelCast

por Hamro Khelkud

Hamro KhelCast is weekly podcast series of HamroKhelkud.com. Join us as we dive into life stories of legends, rising stars and people who are often behind the scenes. From back-stories of events that everyone saw to things you never heard about. Whether you're a avid fan or a newcomer, Hamro KhelCast will drive you through every episode like it never started. Tune ... 

 ...  Leer más

Episodios del podcast

  • Temporada 1

  • Gopi Chandra Parki | Hamro KhelCast S1E40

    Gopi Chandra Parki | Hamro KhelCast S1E40

    गोपीचन्द्र पार्की एथलेटिक्स जगतका वर्तमान स्टार हुन् । सन् २०१९ मा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा मध्यम दुरीतर्फ स्वर्ण पदक जितेका उनले हाल लामो दुरीमा लगातार सफलता हासिल गरिरहेका छन् । पछिल्लो पटक छनोट भएर पनि ओलम्पिक खेल्न बन्चित भएका उनी यसपटक पेरिस २०२४ को लागि संघर्ष गर्दैछन् । उनै गोपीसँग आफ्नो करिअर र ओलम्पिक सपना लगायत विषयबस्तुमा आजको हाम्रो खेलकास्ट । Host: Prakash Timalsina Studio: FotoGhar

  • Hari Bahadur Rokaya | Hamro KhelCast S1E39

    Hari Bahadur Rokaya | Hamro KhelCast S1E39

    हरिबहादुर रोकाया आफ्नो जमानाका स्टार धावक थिए । २ पटक ओलम्पिक खेलेका रोकायाले एभरेष्ट म्याराथनमा विश्व कीर्तिमान समेत कायम गरेका छन् । उनी जन्मथलो जुम्लामै रहेर नेपाली एथलेटिक्स वृत्तका लागि खेलाडी उत्पादन गरिरहेका छन् । हाम्रो खेलकास्टमा आज उनको खेल जीवन, प्रशिक्षण करिअर र समग्र नेपाली एथलेटिक्सबारे कुराकानी गरेका छौं । Host: Prakash Timalsina Studio: FotoGhar

  • Anjila Tumbapo Subba | Hamro KhelCast S1E38

    Anjila Tumbapo Subba | Hamro KhelCast S1E38

    नेपाली राष्ट्रिय टोलीकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बा राष्ट्रिय टोलीमा रहेकी सबैभन्दा अनुभवी खेलाडीमा पर्छिन् । विभिन्न प्रतियोगितामा टोलीको कप्तानी समेत गर्दै आएकी एन्जिलाको जीवनीमा आधारित भएर फिल्म निर्माण हुने क्रममा छ । नेपाल एपिएफ क्लबबाट घरेलु फुटबल खेल्ने एन्जिलासँग उनको फुटबल यात्रा, राष्ट्रिय टोलीको प्रदर्शन र नेपाली फुटबलबारे हाम्रो खेलकास्टमा चर्चा गरेका छौं । Host: Prakash Timalsina Studio: FotoGhar

  • Bikram Lama | Hamro KhelCast S1E37

    Bikram Lama | Hamro KhelCast S1E37

    विक्रम लामा राष्ट्रिय फुटबल टोलीका पूर्व मिडफिल्डर हुन् । खेलाडी जीवनको १४ वर्ष थ्री स्टारमा बिताएका विक्रमले राष्ट्रिय टोलीले पछिल्लो दशक हासिल गरेको सबै सफलतामा महत्त्वपूर्ण भूमिका निर्वाह गरे । गत सिजन खेल करिअरलाई बिट मारेका उनी नेपाल फुटबल खेलाडी संघको नेतृत्वमा रहेर खेलाडीको हित र विकासमा विभिन्न कार्य गरिरहेका छन् । उनै विक्रमसँग हामीले उनको खेल जिवन, खेलाडी संघको गतिविधि तथा एन्फाको राजनीतिबारे हाम्रो खेलकास्टमा चर्चा गरेका छौं । Host: Prakash Timalsina Studio: FotoGhar

  • Suraj Bhusal | Hamro KhelCast S1E36

    Suraj Bhusal | Hamro KhelCast S1E36

    सुरज भुषाल नेपाली खेलकुद वृत्तमा परिचित फिजियोथेरापिस्ट हुन् । सिनियर राष्ट्रिय फुटबल टोलीसँगै थ्री स्टार क्लब, मच्छिन्द्र क्लब र ललितपुर सिटी फुटबल क्लबलाई लिग विजेता बनाउन भुषालको महत्त्वपूर्ण योगदान थियो । पछिल्लो समय आफैं विभिन्न फिजियोथेरापी सेन्टर खोलेर सेवा प्रदान गरिरहेका भुषालले आफ्नो करिअर र खेलकुदमा चोट र पुनर्स्थापनाको विगत र वर्तमान अवस्थाबारे चर्चा गरेका छन् । Host: Prakash Timalsina Studio: FotoGhar Edited and Produced by: Subas Humagain