Episode notes

सन्तोषी श्रेष्ठ एथलेटिक्समा नेपालको सबैभन्दा सफल महिला खेलाडी हुन् । १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेकी सन्तोषीले पछिल्लो केहि वर्ष लामो दुरीको दौडमा एकछत्र राज गर्दै आएकी छिन् । विभागबाहिर बसेर पनि खेलकुदलाई सफलतापूर्वक अघि बढाउन सकिन्छ भन्ने उदाहरण दिइरहेकी सन्तोषी हाल करिअरको उच्च लयमा छिन् । उनको करिअरको सुरुवाती दिन, पढाइ र उनको परिवार र प्रशिक्षण टोलीबारे हाम्रो खेलकास्टमा कुराकानी गरेका छौं ।

Host: Prakash Timalsina

Studio : FotoGhar

Edited and Produced by : Subas Humagain