Episode notes

नेपाली भलिबलमा कुमार राईको नाम लिनेबितिक्कै न्यू डायमन्डको नाम आफैं जोडिएर आउँछ । न्यु डायमन्ड एकेडेमीबाट स्कुले विद्यार्थीलाई भलिबल प्रशिक्षण दिँदै सुरु भएको यात्रा अहिले क्लब हुँदै एकेडेमी निर्माणसम्म आइपुगेको छ । विद्यालय स्तरबाट खेलाडी उत्पादन गर्दै राष्ट्रिय टोली र व्यावसायिक करिअर नै निर्माण गराएका राई आजको दिनसम्म पनि सक्रिय प्रशिक्षकको रुपमा छन् । आउने दिनमा अझै खेलाडी उत्पादन गर्ने हुटहुटि उनमा छ । भोजपुरमा जन्मिएर भलिबललाई आफ्नो परिचय बनाएका प्रशिक्षक राईसँग हामीले उनको भलिबल यात्रा, शिक्षक जीवन लगायत विषयमा भलाकुसारी गरेका छौं ।

Host: Prakash Timalsina

Studio: Fotoghar

Edited and Produced by: Subas Humagain