एक गाउँ एक कथाः पनौती
eek thau ek katha (एक ठाउ एक कथा) with beepa di bishnu panthi
Note sull'episodio
काठमाडौँ उपत्यकाको कोलाहलभन्दा केही किलोमिटर मात्र टाढा रोशी र पुण्यमाता नदीको पवित्र सङ्गममा अवस्थित एउटा यस्तो जीवन्त सहर, जहाँका गल्ली-गल्लीले जीवन्त इतिहास बोल्छन् र ढुङ्गा-ढुङ्गाले प्राचीन कथा भन्छन्— त्यो हो पनौती। हाम्रो यस विशेष पोडकास्ट शृङ्खलामा हामी तपाईंलाई यही ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक रूपले बैभवशाली प्राचीन सहरको एउटा अद्भुत यात्रामा लैजाँदैछौं। नेवारी भाषाको 'पलिँती' अर्थात् बाँसको घारी भएको ऐतिहासिक बस्तीदेखि लिएर हरेक बाह्र वर्षमा लाग्ने मकर मेला, ७२ वटा अनुपम सम्पदा, र शताब्दीयौँ पुराना लोककथाहरूको भित्री रहस्यलाई हामी स्थानीय इतिहासकार, संस्कृतिविद् र रैथाने युवाहरूको आवाजमार्फत उजागर गर्नेछौँ। केवल एउटा धार्मिक पर्यटकीय स्थलको रूपमा मात्र नभई यहाँको स्वादिष्ट स्थानीय परिकार, लोपोन्मुख कला, साहसिक हाइकिङ ट्रेल र न्यानो आतिथ्य सत्कार (होमस्टे) लाई समेत बुझ्ने यो एउटा उत्कृष्ट माध्यम बन्नेछ। आउनुहोस्, पनौतीको गौरवमय पहिचान ...